काठमाडौं- मंगलबार सुनको मुल्य तोलामा ६०० रुपैंयाले घटेको छ ।
हिजो प्रतितोला ८६ हजार २०० मा कारोबार भएको सुनको मुल्य आज तोलामा ६०० रुपैंयाले ओरालो लाग्दै प्रतितोला ८५ हजार ६०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मुल्य आज ८५ हजार १५० रुपैंया रहेको छ ।
यस्तै, चाँदीको मुल्य तोलामा १० रुपैंयाले घटेर प्रतितोला १२ सय ५५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२ सय ६५ रुपैंया रहेको थियो ।
प्रतिक्रिया