काठमाडौं- सोमबार नेपाली बजारको मुल्य तोलामा १०० रुपैंयाले बढेको छ ।
हिजो प्रतितोला ८६ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य तोलामा १०० रुपैंयाले वृद्धि भई प्रतितोला ८६ हजार २०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
तेजावी सुनको मुल्य आज ८५ हजार ७५० रुपैंया रहेको छ ।
यस्तै, चाँदीको मुल्य पनि तोला १५ रुपैंयाले बढेर प्रतितोला १२ सय ६५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२ सय ५० रुपैंया रहेको थियो ।
प्रतिक्रिया