सर्लाही का एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् । वाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद चौलागाईं वैदेशिक रोजगारबाट फर्केपछि च्याउको बीउ बेचेर मासिक १ लाख आम्दानी गदै आएका छन् ।
उनले कन्ने च्याउको बीउ बिक्रीबाट सम्पूर्ण खर्च कटाएर मासिक रु एक लाख आम्दानी गर्दै आएको जानकारी दिए ।
तीन वर्षदेखि व्यावसायिक च्याउखेती गर्दै आएका चौलागाईंले गत वर्षदेखि बीउ उत्पादन गर्न शुरु गरेका हुन् । दुई सय ५० ग्रामको दैनिक एक हजार प्याकेट बीउ उत्पादन गरिरहेको उनले बताए । उनका अनुसार यसअघि बीउ लिन हेटौँडा, काठमाडौँ जस्ता ठूला शहरमा धाउनुपर्ने गरेको भए पनि अहिले त्यो समस्या समाधान भएको उनको भनाइ छ । अहिले वाग्मतीको शङ्करपुरमै बीउ उत्पादन भएपछि यस क्षेत्रका व्यावसायिक च्याउखेती गर्ने किसानलाई सजिलो भएको छ ।
उनले करीब रु ५० लाखमा बीउ उत्पादन गर्ने उपकरण खरीद गरेका । स्थानीय बजारमा च्याउको माग अत्यधिक रहेकाले च्याउ र बीउ बिक्री गर्न बजारको समस्या नभएको उनले बताए ।
प्रतिप्याकेट रु ४० मा स्थानीय किसान, सिन्धुली, रौतहट, महोत्तरीका किसान र कृषि ज्ञान केन्द्र सर्लाहीलगायत देशका विभिन्न ठाउँमा बीउ बिक्री हुनेगरेको छ । उनले च्याउको बीउ उत्पादन गर्ने काममा तीन जनालाई रोजगारी दिएका छन् ।
च्याउखेती विशेषतः जाडो मौसममा हुने गर्छ । बेमौसमी च्याउखेतीका लागि घरको दुई वटा कोठालाई चिसो बनाइराख्न वातानुकूलन उपकरण समेत जडान गरेका छन् ।
प्रतिक्रिया