आन्तरिक राजश्व विभागका प्रमुखमा आचार्य

४ बर्ष अगाडि

काठमाडौं, आन्तरिक राजश्व विभागका महानिर्देशकमा झक्कप्रसाद आचार्य नियुक्त भएका । अर्थ मन्त्रालयअन्तर्गतको वित्त क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख रहेका सहसचिव आचार्यलाई विभाग प्रमुखको जिम्मेवारी दिइएको हो ।

आचार्यले राजश्व विभागको महानिर्देशकका रुपमा नियुक्ति पाएको जानकारी दिए । गत माघ १ गते तत्कालीन महानिर्देशक विनोद कुँवरको गण्डकी प्रदेशमा सरुवा भएपछि सो पद रिक्त रहेको थियो । एक महिनादेखि खाली रहेको उक्त स्थानमा आचार्यलाई जिम्मेवारी दिइएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया