काठमाडौं- सोल्टी होटेल लिमिटेडले चालु आर्थिक वर्षको पुसमसान्तसम्म आइपुग्दाँ रु. ११ करोड ५१ लाख ४१ हजार बराबरको घाटा व्यहोरेको छ । होटलले हालै सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
चालु आवको पहिलो त्रैमाससम्म होटलले रु.७ करोड ९३ लाख १७ हजार बराबरका घाटा व्यहोरेको थियो । पुसमसान्त सम्म आउदाँ होटेलको घाट रकम रु. ३ करोड ५८ लाख ४० बराबरले बढेको देखिएको छ ।
कोरोना कहर सँगै देशव्यापी भएको लकडाउनले बन्द भएको उद्योग व्यापारले सोल्टी होटलमा पनि प्रत्यक्ष असर परेको छ । सोल्टी होटेल नेपालको उत्कृष्ट पाँच तारे होटेल हो । यसका मुख्य ग्राहक नै विदेशी पर्यटक हुन् । तर, कोरोना कहरले गर्दा अझै पनि व्यापाकमा मात्रामा विदेशी पर्यटक आउन सकेका छैनन् । जसले गर्दा होटलले चालु आवको सुरुदेखि नै घाटा ब्यहोर्दै आइरहेको छ । गत आवको सोही अवधीमा होटलले रु. ११ करोड ५९ लाख बराबरको खुद नाफा कमाएको थियो ।
हाल होटलको चुक्ताँपुँजी रु ८४ करोड २५ लाख ७९ हजार बराबर रहेको छ । सोही अवधीसम्म होटलको जगेडा कोषमा रु. ६९ करोड २० लाख ६३ हजार रकम सञ्चित रहेको छ । गत आवको सोही अवधीसम्म होटलको चुक्ताँ पुँजी रु. ७३ करोड २६ लाख ७५ हजार रहको थियो ।
समीक्षा अवधीसम्म होटेलको प्रतिशेयर आम्दानी घाटामा रहेको छ । गत आवको पुसमसान्तसम्म रु.१.५८ रहेको प्रतिशेयर आम्दानी यो वर्षको सोही अवधीसम्म होटेलको प्रतिशेयर आम्दानी घटेर रु. १.३७ रहेको छ । साथै, चालु आवको पुसमसान्तसम्म होटेलको प्रतिशेयर नेटवर्थ रु. १८.२१ रहेको छ भने प्रतिशेयर कुल सम्पत्तिको मुल्य रु.२६.०६ रहेको छ ।
प्रतिक्रिया