सोयविन तेल निर्यात तेब्बर, ६ महिनामा कति ?

५ बर्ष अगाडि

काठमाडौं - चालू आर्थिक वर्षको ६ महिनामा १७ अर्ब ३३ करोड बढिको भटमास तेल ९सोयविन० निर्यात भएको छ । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांकले यस्तो देखाएको हो । 

तथ्याङकअनुसार ६ महिनामा दुई सय ८९ प्रतिशतले बढेको छ । मुलुकबाट सबैभन्दा बढी निर्यात हुने भटमासको तेल ६ महिनामै यति धेरै प्रतिशतले वृद्धि भएको हो । 

चालु आर्थिक वर्षको समिक्षा अवधिमा १७ अर्ब ३३ कारोड ३४ लाख रुपैयाँ बराबरको सोयविन तेल निर्यात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ४ अर्ब ३७ करोड ७३ लाख ५५ हजार रुपैयाँको भटमास तेल निर्यात भएको थियो ।

भारतले प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाएसँगै व्यवसायीले भटमास तेलको कच्चा पदार्थ आयात गरेर पुनः निर्यात गरेका हुन् । 

साथै यो नेपालबाट निर्यात हुने वस्तुहरूमध्ये सबैभन्दा धेरै पनि हो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया