चालु आवको दोस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफामा गिरावट आएको छ ।
कम्पनीले जारी गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब ६९ करोड रुपैयाँ कम हो।
खुद नाफासँगै कम्पनीको आम्दानीमा पनि गिरावट आएको छ ।
समिक्षा अवधीमा टेलिकमको आम्दानी ४३ रुपैयाँ ८६ पैसामा झरेको छ गत आवको यसै अवधीमा टेलिकमको आम्दानी ६५ रुपैयाँ ८६ पैसा रहेको थियो ।
१५ अर्ब चुक्ता पूँजी रहेको टेलिकमको जगेडा कोषमा ८० अर्ब ३७ करोड रुपैयाँ सञ्चित छ।
प्रतिक्रिया