काठमाडौं- शुक्रबार पनि नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ ।
बिहिबार प्रतितोला ९१ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ६०० रुपैंयाले घटेर प्रतितोला ९० हजार ९०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मुल्य शुक्रबार ९० हजार ४०० रुपैंया कायम भएको छ ।
यस्तै चाँदीको मुल्य भने तोलामा ५ रुपैेंयाले बढेर प्रतितोला १३ सय २० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय १५ रुपैंया रहेको थियो ।
प्रतिक्रिया