बंगलादेशसँग किनेको मल नेपाल ल्याउने तयारी सुरु

५ बर्ष अगाडि

नेपाल सरकारले बंगलादेशसँग खरिद गरेको  ५० हजार मेट्रिक टन रासायनिक मल नेपाल ल्याउने तयारी सुरु भएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडका अनुसार आजबाट सबै प्रक्रिया पुरा गरी  ढुवानी कम्पनीले मल लिने छन् ।  बंगलादेशको बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसन कम्पनीले दैनिक उत्पादन गरेको मल नेपालका लागि पठाउनेछ । कृषि सागम्री कम्पनीले बंगलादेशबाट ल्याईने रासायनिक मल ढुवानीका लागि गत असोजमा संयुक्त अरब इमिरेट्स ९यूएई० को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ । 

नेपालले बंगलादेशसँग प्रति मेट्रिक टन २५९।१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता गरेको थियो ।कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई जीटूजीमार्फत मल ल्याउन स्वीकृति दिए सँगै मल नेपाल ल्याउन लागीएको हो । 

कृषि कम्पनीकाका अनुसार पहिलो लटमा २० हजार मेट्रिकटन प्याकिङ गरिएको रासायनिक मल नेपाल ल्याईने छ।

पहिलो लटमा ल्याईने मलका लागि भारतीय भन्सार प्रक्रिया मिलाउने काम भइरहेको र पहिलो लटमा आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगन्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ । 

तयारी स्वरुप गत पुस २ गते जीटुजी प्रक्रिया मार्फत मल खरिदका लागि कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया