नेपाल एयरलाइन्सको आन्तरिक उडानका लागि नयाँ तालिका सार्वजनिक

५ बर्ष अगाडि

काठमाडौं- नेपाल वायुसेवा निगमले नेपाल एयरलाइन्सको आन्तरिक उडानका लागि नयाँ तालिका सार्वजनिक गरेको छ । कम्पनीका अनुसार आन्तरिकतर्फ फेब्रुअरी महिनाका लागि हुने उडान तालिका तय भएको हो । नेपाल एयरलाइन्सले अहिले दुर्गम भेगका विमानस्थलमा मात्र उडान गरिरहेको छ ।

कम्पनीसँग ट्विनअटर दुई वटा विमानमात्र आन्तरिक उडानमा उडानयोग्य अवस्थामा छन् ।  तालिका अनुसार काठमाडौंबाट भोजपुर सातामा पाँच दिन (आइतबार, सोमबार, मंगलबार, बिहीबार र शुक्रबार) उडान हुने छ ।

काठमाडौंबाट दाङका लागि  पाँच (सोम, बुध, बिही, शुक्र र शनिबार) उडान हुने छ । काठमाडौं ताप्लेजुङ रुटमा भने साताको तीन (मंगलर, बुध र शनिबार) उडान हुनेछ । काठमाडौं खानिडाँडा रुटमा बुध र शनिबार जहाज उड्ने भएको छ ।

काठमाडौं रुकुम आइतबार र बिहीबार, काठमाडौं थामखर्कमा बुधबार र बिहीबार, काठमाडौं फाप्लु आइतबार जहाज उड्ने गरी तालिका बनाइएको छ । ती गन्तब्यबाट सोही दिन जहाज यात्रु लिएर काठमाडौं फिर्ता हुनेछ ।

उता, नेपालगन्जबाट रुकुमका लागि सोमबार र बिहीबार, डोल्पा, जुम्ला, साँफेबगरमा आइतबार उडान हुनेछ । नेपालगन्जबाट सिमकोट र ताल्चामा सोमबार तथा बाजुराका लागि बिहीबार उडान राखिएको कम्पनीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया