आज 'रोज डे', ६ महिनामा कति भित्रियो गुलाफको फूल ?

५ बर्ष अगाडि

काठमाडौं - नेपालमा चालु आर्थिक बर्षको पुष महिना सम्ममा २७ हजारको गुलाफको फूल आयात भएको छ । भन्सार विभागको तथ्याङले यस्तो देखाएको हो । 

विभागको तथ्याङकअनुसार चालु आर्थिक बर्षको समिक्षा अवधिमा २७ हजार रुपैयाँको ३९० केजी गुलाफको फूल आयात भएको छ । यो वर्षमा गुलाफको फूल थोरै माध भित्रिएको हो । 

आयात हुने गुलाफको फूल धेरै परिमाणमा नेपालमै उत्पादित हुने भएकोले यसको आयात कम भएको भन्सार विभागले जनाएको छ । 

त्यस्तै आजबाट प्रेमिल जोडीहरूले विशेष महत्त्व दिने ‘प्रणय दिवस’ सप्तान्ह सुरू भएको छ। पहिलो दिन फेब्रुअरी ७ लाई विश्वभरका प्रेमिल जोडीले ‘रोज डे’ का रूपमा मनाउने गर्छन्।

यस दिन आफ्ना प्रेमीरप्रेमिकालाई गुलाफको फूल दिने गर्छन्। प्रेमी प्रेमिकाले किनेर आफ्ना मायालुलाई गुलाफको फूल उपहार दिने भएकाले आजको दिनमा गुलाफको फूलको खपत धेरै नै हुन्छ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया