काठमाडौं- विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरु विगत १५ दिनदेखि उखुको भुक्तानी माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् ।
तर सरकारले भने उनीहरुको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन । यो बीचमा केही उद्योगीले भने किसानको खातामा रकम पठाएका छन् ।
तर यो भुक्तनी पनि सरकारले तोकेकोभन्दा कम दरमा पाएको किसानहरुको गुनासो रहेको छ । साथै सबै किसानको खातामा सबै भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने किसानहरुको भनाइ छ ।
विगत सात वर्ष देखिको भुक्तानी मिल सञ्चालकहरुले नदिएपछि किसानहरु निर्णयक आन्दोलन गर्न भन्दै काठमाडौं आएका हुन् ।
गत वर्ष पनि उनीहरुले यस्तै आन्दोलन गरेका थिए । तर सरकारको रोहबरमा किसान र उद्योगीबीच एक महिना भित्र भुक्तानी दिने सहमति भएपछि किसान घर फर्किएका थिए ।
चिनी उद्योगीहरुबाट उखु किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । विगत सात वर्ष देखिको भुक्तानी पाउन बाँकी रहेको आन्दोलनमा सहभागी किसानहरुले बताएका छन् ।
आफूहरुले दुःख गरेर उब्जाएको उखुको भुक्तानी नपाउँदा सम्म आन्दोलनलाई जारी राख्ने किसानहरु बताउँछन् ।
प्रतिक्रिया