किन घट्यो चिनीको मूल्य ?

५ बर्ष अगाडि

केहीदिनदेखि नेपालमा चिनीको मूल्य घटेको छ । विराटनगर लगायत भारतबाट सामान भित्रने व्यापारीक केन्द्रहरुमा चिनीको उपभोक्ता मूल्य घटेको हो । 

चिनी व्यापारीहरुका अनसार भारतबाट आयात गरेको चिनी प्रतिकिलो २ रुपैयाँले घटेको छ । आफ्नो नाफा पनि जोड्ने हो प्रति किलो ५ रुपैयाँ घाटा भएको व्यवसायी बताउँछन् । 

बिराटनगर स्थित चिनीका आयातकर्ता प्रणाम इन्टरनेशनलका सञ्चालक जीवन रिजालका अनुसार भारतबाट गोदाममा आइपुग्दा प्रति किलोग्राम ७८ रुपैयाँ पर्ने चिनीको बिक्री भने ७६ रूपैयाँमा गर्नुपर्ने छ । 

नेपालका चिनी उद्योगले मंसिरको अन्त्यमा मात्र चिनी उत्पादन गरेर बजारमा ल्याउँछन् । त्यसबेलासम्मका लागि  आयातकर्ताहरुले भारतबाट चिनी आयात गर्छन । 

अहिले भारतबाट आएको त्यही चिनीको पर्याप्त भएको छ । 

किन घट्यो मूल्य 

अहिले भारतबाट चिनी पर्याप्त आइसकेको छ ।  विगतका वर्षझैँ यस पटक दसैंतिहारमा पनि त्यति धेरै मात्रामा चिनी बिक्री हुने लक्षण छैन । मिठाई पसल र होटल–रेस्टुरेन्ट अझै सुरु हुन सकेका छैनन् ।

त्यसैले बिक्री र मूल्य घटेको हो । 

भारतमा अहिले चिनीको निर्यात मूल्य प्रति किलोग्राम भारु २६ अर्थात् नेपाली ४१ रुपैयाँ ६० पैसा रहेपनि सरकारले नेपाल सरकारले भन्सार प्रयोजनका लागि चिनीको मूल्यांकन भारु ३० रुपैयाँ कामयम गरेकाले व्यापारीहरुले सोही मूल्य देखाएर चिनी भित्र्याउँछन्  । त्यसमा भन्सार ४० प्रतिशत र मूअकर १३ प्रतिशत तिरेर भन्सारबाट ल्याउनुपर्ने हुन्छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया