मल-खादमा कालोबजारी रोक्न ध्यानाकर्षण

५ बर्ष अगाडि

 

धान रोपाइँका बेला मलखादमा भइरहेको कालोबजारी रोक्नुपर्नेलगायतका मागसहित अधिकारकर्मी तथा नागरिक समाजका अगुवाहरुले शनिबार सिरहाका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । 

अभाव देखाउँदै मलखादको कालोबजारी भइरहेकाले किसान धान रोपाइँको समयमा मारमा परेकाले तत्काल कालोबजारी रोक्नुपर्ने भन्दै नागरिक समाजका अगुवाहरुले सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।


समाजमा बढ्दो दण्डहीनताका कारण अपराधजन्य कार्य बढ्दै गएको, जातीय भेदभाव छुवाछूतजस्ता कुसंस्कारका कारण दलित समुदाय अझै उत्पीडनको शिकार भइरहेकोलगायतका समस्याबारे जानकारी गराउँदै मानव अधिकार आयोगका अधिकृत दीपकुमार यादवले सुधारका लागि आवश्यक कदम चाल्न सुझाव दिन प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया