काठमाडौं – मंगलबार पनि सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको छ । नेपाल सुुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार ७०० तोकेको छ । जुन हालसम्म कै उच्च हो । हिजो सुनको मुल्य मुल्य प्रतितोला रु. ८७ हजार ५०० तोकिएको थियो ।
यस्तै, आजका लागि तेजावी सुनको मुल्य प्रतितोला ८७ हजार २६५ तोकिएको छ । आज चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला ९३० रुपैयाँमा नै हुनेछ ।
प्रतिक्रिया