पाम आयालमा भारतको पुनः प्रतिवन्ध, नेपालको बैदेशिक व्यापारमा ठुलो झड्का

५ बर्ष अगाडि

काठमाडौं – भारतले नेपालबाट प्रशोधित पाम तेलको आयातमा पुनः प्रतिबन्ध लगाएको छ । नेपालले साफ्टा सुविधा अन्तरगत भारतमा यस्तो तेल निर्यात गर्दै थियो । तर, भारतले पुनः त्यसमा प्रतिवन्ध लगाएको छ । 
भारतले यसअघि पनि यस्तो तेलको आयातमा प्रतिवन्ध लगाएको थियो । पछि जनवरीमा कोटा प्रणालीमा आयात गर्ने गरि प्रतिवन्ध खुलाएपनि भारतले फेरी त्यसमा प्रतिवन्द लगाएको हो । 
भारतमा पाम तेल आयात गर्ने ३९ वटा कम्पनीको अनुमति पत्र सहित  अनुमति पत्रका  २३ वटा निवेदन खारेज गरिएको बिभिनन समाचार माध्यमले जनाएका छन् ।  । तर गत जनवरीमा निश्चित अनुमतिपत्रका आधारमा मात्रै आयात दिने सर्तमा भारतले आयात खुल्ला गरेको थियो ।
नेपाली व्यवसायीले मलेसिया जस्ता मुलुकबाट पाम आयालको कच्च पदार्थ ल्याएर प्रशोधन गरि नेपाल तथा भारतमा बिक्री गर्दै आएका छन् । यसको सबैभन्दा ठुलो बजार भारतमा नै रहेको छ । पछिल्लो समय प्रशोधित पाम आयाल नेपालको पहिलो निर्यातयोग्य बस्तु पनि हो । पाम आयाल नै गर्दा पछिल्लो समय नेपालको निर्यात बढ्दै गएको छ । तर, अहिले भारतले पाम आयालमा पुन प्रतिवन्ध लगाएपछि नेपालको बैदेशिक व्यापारमा ठुलो झड्का लागेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया