चेम्वरले दियो मुख्य सचिव लोकदर्शन रेग्मीलाई यस्तो सुझाव

५ बर्ष अगाडि

काठमाडौं – नेपाल चेम्वर अफ कमर्सले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड(१९) बाट नेपालको अर्थतन्त्रको  बिभिन्न क्षेत्रमा परेको प्रभाव वारे अर्थ मौद्रिक तथा बित्त, उद्योग,वाणिज्य तथा आपूर्ति, कृषि, उर्जा, पर्यटन,स्वास्थ्य क्षेत्र लाई पुनरुत्थान गर्न तयार गरेको बिषयगत समष्टिगत बुदां र सुझाव  सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीलाई हस्तान्तरण गरेको छ । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ सहित बिभिन्न पदाधिकारीले बिहीबार भेटवार्ता गर्दै यस्तो पत्र दिएका हुन् ।  
सुझाव पत्रमा अब आर्थिक चलेयमान गर्न लकडाउन पनि विस्तारे भौतिक र असर कम भएको ठाउँमा खुकुलो बनाउँनु पर्ने उल्लेख छ । यसले आर्थिक चलयमान हुने बताइएको छ । अहिले काठमाडौंमा भएको मान्छेलाई बाहिर जान दिुनु हुदैंन र बाहिरको मान्छेलाई पनि काठमाडौं आउँन दिन नहुने चेम्बरको सुझाव छ ।। यहाँ उद्योग खुल्यो भने मजदूरहरुले यहि रोजगारी पाउने बताइएको छ । 
मुख्य सचिवले समष्टिरुपमा आएको सुझावलाई अध्यन गरेर यसलाई अब आउँने बजेटमा पनि र बिच बिचमा आउँने मिटिङहरुमा पनि सबैसँग कुराकानी गरेर सबैलाई दिने बताए । उनले लकडाउन पनि भारतको अघि बढेको छ, यहाँको परिस्थिति हेरेर कामहरु गर्दै जानेछौं भनेर बताए । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया