सरकारले कोरोनाको आर्थिक प्रभाव न्यूनीकरण गर्न थप आर्थिक प्याकेज ल्याएको छ । यस अघि व्यवसायीक कर्जामा दुई प्रतिशतको ब्याज छुटसहित कर्जा भूक्तानीको समयावधी लम्ब्याउँदै राहत प्याकेज ल्याएको सरकारले पछिल्लो समय व्यवसायीक करको तिर्ने समय थप गरेको छ ।
यस अघि अर्थमन्त्रालयले मन्त्रिपरिषदलाई कर तिर्ने समय थप गर्न प्रस्ताव गरेकोमा विहिबार मन्त्रिपरिसदले उक्त प्रस्ताव सदर गर्दै कर तिर्ने समय थप गरेको हो ।
मन्त्रीपरिसदको निर्णयले मूल्य अभिबृद्धिकर फागुन र चैत महिनाको मासिक, माघ फागुनको व्दिमासिक, र दोस्रो चैत्र मासिकको कर दाखिला जेठ २५ गतेसम्म गर्न सकिने व्यवस्था गरेकोे छ । यस्तै कर फिर्ताको निवेदन दिने अवधि समाप्त भएमा जेठ २५ गतेसम्म त्यस्तो निवेदन दिन सकिने व्यवस्था समेत मन्त्रिपरिसदले गरेको छ ।
यसमा फागुन चैत महिनाको अग्रिम करकट्टी र अग्रिम कर असुलीको विबरण बुझाउने समय पनि जेठ २५ गतेसम्मलाई तोकिएको छ ।
यस अघिको निर्णयले बैशाख २५ गतेसम्म कर तिर्ने समय थप गरेको थियो । सोही मितिसम्म लकडाउन थपिएपछि समय थप गर्न प्रस्ताव गरिएको थियोे । सोही प्रस्ताव माथि छलफल गर्दै मनित्रपरिषदले कर तिर्ने अवधी जेठ २५ गते सम्म थप्न सकिने निर्णय गरेको हो ।
प्रतिक्रिया