चालू आर्थिक वर्षको अन्त्यसम्ममा नेपालमा ११ औद्योगिक क्षेत्रका उत्पादनको मूल्य अभिबृद्धि बृद्धिदर अघिल्लो आर्थिक वर्षको तुलनामा घट्ने प्रक्षेपण सार्वजनिक भएको छ ।
केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा १५ औद्योगिक क्षेत्रमध्ये ११ वटा क्षेत्रको आघिल्लो अर्थिक वर्षको वृद्धिदर कम रहने प्रक्षेपण गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) को असरले बृद्धिदर द्दट्ने विभागले जनाएकाे छ ।
विभागका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा धेरै होटल तथा रेष्टुरेण्टको मूल्य अभिबृद्धि बृद्धिदर घट्ने छ ।
होटल तथा रेष्टुँरा क्षेत्रमा १६.३० प्रतिशतले गिरावट आउने छ ।
यसैगरी यातायात, सञ्चार तथा भण्डारण क्षेत्रमा पनि गिरावट आउने विभागले जनाएको छ ।
विगत एक महिनादेखि यातायातसहितका गतिविधि प्रभावित भएको कारणले यो क्षेत्रमा २.४५ प्रतिशतले गिरावट आउने अनुमान छ । ।
त्यस्तै उद्योगमा मूल्य अभिवृद्धिमा २.२७ प्रतिशत, खानी तथा उत्खनन क्षेत्रमा पनि ०.६९ प्रतिशत र निर्माणमा ०.३१ प्रतिशतले गिरावट आउने विभागले जनाएको छ । यी क्षेत्रको बृद्धिदर ऋणात्मक रहने छ ।
यसबाहेक अघिल्लो आर्थिक वर्षको तुलनामा थोक तथा खुद्रा व्यापार, कृषि तथा बन, रियल स्टेट तथा व्यवसायिक सेवा, अन्य सामुदायिक सामाजिक तथा व्यक्तिगत सेवा, शिक्षा र वित्तीय मध्यस्थताको बृद्धिदर घट्ने छ ।
तर विभिन्न ४ उत्पादनको मूल्य अभिबृद्धि भने बढ्दो क्रममा रहने छ ।
सबैभन्दा धेरै विद्युत ग्याँस र पानीको मूल्य अभिबृद्धि २८.७५ प्रतिशत बड्ने छ ।
त्यस्तै दोश्रोमा मत्स्य ७.१७, तेस्रो स्वास्थ्य तथा सामाजिक कार्यको ७.०७ र सार्वजनिक प्रशासन तथा रक्षाको मूल्य अभिबृद्धि बृद्धिदर ५.९१ घट्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया