लकडाउन भएपनि नेपालीको प्रतिव्यक्ति आय बढ्ने प्रक्षेपण

५ बर्ष अगाडि

कोरोना भाइरसको कारण धेरैले रोजगारी गुमाउने र औद्योगीक उत्पादन घट्ने डरका बीचमा पनि नेपालीको प्रतिव्यक्ति आय भने बढने आंकलन गरिएको छ । 

गत आर्थिक वर्षमा भन्दा चालू आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय बढ्ने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको हो । 

विभागका अनुसार गतवर्ष १ हजार ३९ अमेरिकी डलर रहेको नेपालीको प्रतिव्यक्ति आय आगामी वर्ष १ हजार ८५ अमेरिकी डलर रहने अनुमान छ । 

अमेरिकी डलरसँगको विनिमय दर ११६ रुपैयाँका दरले हिसाब गर्दा यो आय रु १ लाख २६ हजार १८ हो । 

गत आर्थिक वार्षको नेपालीको आय १ हजार ३४ अमेरिकी डलर पुग्ने अनुमान गरिएकोमा त्यो बढेर १ जार ३९ डलर पुगेको विभागले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया