कालोबजारी गर्ने महावाणिज्यदूत विरुद्ध मुद्धा, डेढ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवानाको माग

५ बर्ष अगाडि

ज्वरो नाप्ने थर्मलगन कालोबजारी गर्दागर्दै रंगेहात पक्राउ परेका किग्रिस्थानका महावाणिज्यदूत सुलभ अग्रवालविरुद्ध मुद्दा दायर भएको छ । 

ब्यापानिक घराना शंकर ग्रुपका सञ्चालक समेत रहेका अग्रबाल विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गएको हो । 

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा २ (क), ३ (१) तथा ५ अनुसार अनुसार  मुद्दा दायर गरिएको छ ।

ऐन अनुसार डेढ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवानाको माग माग दाबी गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । 

ती तीनैवटा दफाअनुसार  बढीमा एक वर्ष कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान रहेको प्रमुख सहन्यायाधिवक्ता हरि रेग्मीले बताए । 

सार्वजनिक पद धारण गरेको व्यक्तिले अपराध गरेमा ५० प्रतिशत थप सजाय हुने भन्ने प्रावधान अनुसार अग्रवाल अवैतानिक वाणिज्यदूत भएकाले थप ५० प्रतिशत सजाय माग दाबी गरिएको छ । 

अग्रवाल २५ चैतमा करिब पाँच हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बिक्री गर्दै गर्दा रंगेहात पक्राउ परेका थिए । ७ वटा थर्मलगन १० लाख रुपैयाँमा बिक्रीको प्रयास गर्दा पक्राउ परेका उनले सय ४५ वटा ज्वरो नाप्ने थर्मलगन कालोबजारी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

उनीविरुद्ध १५ लाख ७८ हजार नौ सय १३ रुपैयाँ सात पैसाबराबरको बिगो दाबी गरिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया