नयाँ व्यवसाय गर्न वा भइरहेको व्यवसाय विस्तार गर्न विदेशबाट १० लाख डलरसम्म ऋण ल्याउन पाइने भएको छ ।
नेपाली नागरिक वा सँस्थाले व्यवसाय गर्न वा भइरहेको व्यवसाय विस्तार गर्न राष्ट्र बैंकको स्विकृति लिएर विदेशमा भएका आफन्त वा नातेदार वा गैरआवासीय संघ संस्थाबाट ब्याज वा विना व्याजको ऋणको सिमा बढेको हो । अब १० लाख अमेरीकी डलर र १० करोड भारतीय रुपैयाँसम्म ल्याउन पाइने भएको हो ।
भौतिक पूर्वाधार तथा उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह गर्ने उदेश्यले स्विकृति प्राप्त विदेशी पेन्सन, फण्ड हेज लगायत स्रोतबाट परिवत्र्य विदेशी मुद्रामा आफ्नो कुल प्राथमिक पुँजीको शतप्रतिशतसम्म ऋण लिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
२०७६ फागुन मसान्तमा यस बैंकबाट विदेशी मुद्राको कारोबार गर्न इजाजत लिएका संस्थाहरूको संख्या ३ हजार ४ सय ६४ रहेको छ ।
यीमध्ये विप्रेषणसम्बन्धी कारोबार गर्ने कम्पनीको संख्या ५१ र मनिचेञ्जर कम्पनीहरूको संख्या ३ सय ७० रहेको छ । इजाजतपत्रप्राप्त मनिचेञ्जरहरूमध्ये उपत्यकाभित्र १ सय ६१ र उपत्यकाबाहिर २ सय ७ सञ्चालनमा रहेका छन् ।
२०७६ फागुन मसान्तमा विदेशी मुद्राको कारोबार गर्न स्वीकृति लिएका अन्य फर्म÷कम्पनीहरूमा होटेल १ सय ७९, ट्रेकिङ १ हजार ६ सय १९, ट्राभल एजेन्सी ९ सय ७० र कुरियर ६४ रहेका छन् ।
प्रतिक्रिया