सरकारले नेपालमा कुनैपनि औषधीको मूल्य नबढेको प्रष्ट पारेको छ ।
बजारमा बिक्रेताले औषधीको मूल्य बढाएको गुनासो आएको भन्दै औषधीको मूल्य बढाउनुपर्ने कुनै कारण नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
‘बजारमा औषधीको मूल्य बढेको गुनासो आएको छ, औषधीको मूल्य बढनुपर्ने कारण छैन’, उनले भने, ‘कुनै किसीमको औषधीमा मूल्य बृद्धि नहोस् ।’
उनले स्वास्थ्य सेवा विभागले औषधी पसलको अनुगमन गर्ने र बढी मूल्य लिनेलाई कारबाही गर्ने चेतावनी दिए । ‘यसको हामी अनुगमन गर्छौ र कडा कारबाही गर्छौ’, उनले भने ।
प्रतिक्रिया