काठमाडौं – चालु आर्थिक बर्षको चैतसम्म अर्थात ९ महिनामा मा रु. ५ अर्ब ९३ करोड ५५ लाख चाँदी आयात भएको छ । भन्सार बिभागको चैतसम्मको तथ्यांकले यस्तो देखाएको हो ।
परिमाणका आधारमा भने यस अवधीमा ९१ हजार १७ केजी चाँदी आायात भएको छ । बिभागकाअनुसार समिक्षा अवधीमा चाँदीको आयात बढेको छ ।
यस अवधीमा मुल्य बढेका कारण सुन आयातमा भारी गिरावट आएको छ । तर, चाँदीको आायात भने बढेको छ । गत आवको फागुनसम्ममा ८४ हजार ५३५ केजी चाँदी आयात भएको थियो । यस्तै, रकमका आधारममा ४ अर्ब ७८ करोडको चाँदी आयात भएको बिभागको तथ्यांकमा उल्लेख छ । तर, अहिले करिब ६ अर्ब बराबरको चाँदी आएको भएको छ ।
प्रतिक्रिया