देशको आर्थिक अबस्था सुधार गर्ने दौडमा हुनुपर्ने उद्योगी कालोबजारी छुटाउने दौडमा

५ बर्ष अगाडि

कोरोना भाइरसको रोकथामका लागि गरिएको लकडाउनका कारण उद्योहहरु बन्द छन् । उद्योग व्यवसाय ठप्प हुँदा देशको अर्थतन्त्र ओरालो लाग्ने भएकोले सुरक्षा अपनाएर उद्योग खोज्न र बजार चलायमान बनाउन पहल गर्नुपर्ने उद्योगीको दायीत्व हो । 

यसका लागि आन्तरिक छलफल देखि सरकारलाई सल्लाह सुझाव दिने लगायतका गृहकार्यमा उनीहरु ब्यस्त हुनुपर्ने हो । तर नेपालका केही उद्योगीहरु भने संकटको बेला देश लुट्ने अभियानमा लागेका कालोबजारी सुलभ अग्रवाललाई छुटाउने अभियानमा सक्रिय देखिएका छन् । 

उद्योगीले देशलाई सहयोग गर्नका लागि स्वास्थ्यकर्मीलाई सहुलियतमा उपलब्ध गराउनुपर्ने थर्मल गन लगायत मेडिकल सामग्री उल्टै कालोबजारी गरिरहेको अबस्थामा अग्रवाल रंगेहात पक्राउ परेका थिए । नेपाल उद्योग परिसंघका उपाध्यक्ष समेत रहेका उनी चर्चित उद्योगी समूह शंकर ग्रुपका सञ्चालक हुन् । 

यो बेला जनता लुट्ने अभियानमा लागेका सुलभलाई परिसंघबाट निलम्बन गरेर उनलाई कारबाही गर्न सरकारलाई सघाउनुपर्ने बेला हो । तर परिसंघका अध्यक्ष सतिस मोर, पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु राजेसकुमार अग्रवाल, कृष्णप्रसाद अधिकारी, उद्योगी शेखर गोल्छाहरु सुलभलाई छुटाउन लागेका हुन् । 

पढ्नुहाेस् : सुलभ अग्रवाललाई झड्का, अझै १० दिन हिरासतमा बस्नुपर्ने

सुलभ अपराध गर्दैगर्दा रंगेहात पक्राउ परेका हुन भने उनले आफ्नो अपराध  स्विकार गरिसकेका छन् । तर बद्नामी कमाएका व्यक्तिलाई जोगाएर नेपाली उद्योगीको इज्जत नै माटोमा मिलाउन लागेको भन्दै उनीहरुको अन्य उद्योगीहरुले आलोचना समेत गर्न थालेका छन् । 
तर  मोरले कालोबजारी गर्नेलाई निलम्बन गर्ने विषय परिसंघको बिधानमा नभएको गैरजिम्मेवार जवाफ दिएका छन् । 

त्यसो त कालोबजारी गर्नेलाई छुटाउन लागेका उद्योगीलाई जनताले पनि आलोचना गरेका छन् । अग्रवालको कर्तुत विरुद्ध समाचार प्रकाशित नगर्न र प्रकाशित गरेका समाचारहरु हटाउन भन्दै  उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी र विज्ञापन व्यावसायी राजेन्द्र अर्यालले मेहनेत गरिरहेका छन् । 

तर उनको अनुसन्धानमा खटिएको प्रहरी र न्यायालय भने देशमा संकट परेको बेला खुलेआम लुटपाट गर्ने उद्योगीलाई उम्कन नदिने पक्षमा देखिएको छ । जसको फलस्वरुप आइतबार पुन १० दिनको म्याद थपेर न्यायिक हिरासतमै राख्न अदालतले अनुमति दिएको छ । 

पढ्नुहाेस् : प्रहरी हिरासतमै सुलभ अग्रवालको नाटक : प्रेसरको बिरामी हुँ भन्दै बेहोस

 

सुलभलाई छुटाउन आफूहरुले बाहिरबाट सबै प्रयत्न गर्ने र अगाडि देखिने गरी काम गर्नका लागि  सतिस मोर र  राजेसकुमार अग्रवालको दुई सदस्यीय कार्यदल बनाएका थिए । तर सेटिङ्ग मिलाएर अग्रवाल छुटाउने जिम्मा लिएका मोर र अग्रवालले काम गर्न नसकेको भन्दै मारवाडी सेवा समितिमा आलोचना भएको छ । 

प्रहरीका अनुसार छानविनको क्रममा सुलभका राजस्व ठगिका धेरै प्रमाण समेत फेला परेका छन् । त्यसैले पनि प्रहरीले उनलाई नछोडेर थप प्रमाण जुटाउन लागि परेको छ ।  

भेटघाटको नाममा आउने उद्योगीहरुले अनुसन्धान प्रभावित पार्न सक्नेगरी दवाव दिने, अनावस्यक निहुँ खोज्ने गरेकोले उनीहरुलाई समेत राज्यले कारबाही गर्नुपर्ने तर माथिको दवाव आउने गरेको अुनसन्धानमा खटेका प्रहरी अधिकारीहरुको भनाई छ । 

पढ्नुहाेस् : कालोबजारीमा ठूला उद्योगी :  ५ हजारकाे थर्मल गन १५ हजारमा बेच्दै गर्दा जगदम्बा सिमेण्टका मालिक पक्राउ

 

 
५ बर्ष अगाडि

प्रतिक्रिया