कोरोना प्रभावः महासंघको चुनाव फेरि पनि सार्ने तयारी

५ बर्ष अगाडि

काठमाडौं – निजी क्षेत्रको सबैभन्दा ठुलो संगठन नेपाल उद्योग वाणिज्य व्यवसायी महासंघको आगमी जेठ ८ गतेदेखि १० गतेसम्म हुने भनिएको ५४ औं बार्षिक साधारणसभा तथा महाधिवेशन (चुनाव) फेरि पनि स्थगित गर्ने तयारी गरिएको छ । कोरोना भाइरसको बढ्दो संक्रमण र लकडाउनका कारण उक्त मितिमा पनि साधारणसभा तथा महाधिवेशन गर्न नसकिने महासंघका एक उच्च अधिकारीले बताए ।
त्यसैले यो पटक पनि साधारण सभाको मिति सार्ने उनको भनाइ छ । यद्यपि, महासंघले यस बिषयमा आधिकारीक निर्णय भने गरेको छैन । अब आधिकारीक निर्णय गरेर नयाँ मिति तोकिन सक्ने बताइएको छ । 

महासंघले आफ्नो बार्षिक उत्सवको अवसरमा गत चैत २८ र २९ गते साधारण सभा र महाधिवेशन गर्ने भनेको थियो । तर, कोरोना भाइरसको बढ्दो त्रासले उक्त साधारण सभा पोस्टपोन्ड गरेर चुनाव जेठको ८ देखि १० गतेको लागि सारिएको थियो । तर, यो पटक पनि कोरोनाकै कारण चुनावको मिति सर्ने पक्का जस्तै भएको छ । 

महासंघको यो अधिवेशनबाट हालका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत अध्यक्ष हुनेछन् । अन्य पदका लागि भने निर्वाचन गर्ने हुने बताइएको छ । यसका लागि व्यवसायीहरुले उम्मेदवारी पनि घोषणा गरिसकेका छन् । 
महासंघमा बरिष्ठ उपाध्यक्ष नै अर्काे पटक स्वत: अध्यक्ष बन्ने प्रावधान छ । यस पटक बरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकालले उम्मेदवारी घोषणा गरिसकेका छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया