यो आर्थिकवर्षलाई लगभग बन्द भयो हायात होटल, कामदारले आधा तलब पाउने

५ बर्ष अगाडि

कोरोेना भाइरस र त्यसको नियन्त्रणको लागि गरिएको लकडाउनका कारण हायात रिजेन्सी होटल लगभग यो आर्थिक वर्षका लगिा बन्द भएको छ । 

होटललले आइतवार सूचना जारी गर्दै असार १६ गतेसम्म बन्द हुने सूचना जारी गरेपछि यो आर्थिक वर्षका लागि लगभव सेवा बन्द हुने देखिएको हो । 

कोरोना भाइरसको असरको कुनै निश्चितता नभएको र लकडाउन आसार १६ पछि खुलेपनि आर्थिक कारोबार मिलाउन ठीक्क हुने भएकोले होटलले दिने सेवा यो आर्थिकवर्षका लागि लगभग बन्द जस्तै भएको हो । 

होटेलका महाप्रवन्धक राजेश रामदासद्वारा जारी गरिएको  सूचनामा लकडाउन खुलेको अवस्थामा पनि होटेल पूर्ण रुपमा सुरक्षित र व्यवसायिक रुपमा सञ्चालन गर्न नसकिने भन्दै होटल असारसम्म बन्द गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ ।

उनले कर्मचारीसमेत होटेलसम्म आउन सक्ने सुनिश्चितता नभएको भन्दै होटेल बन्द हुने अवधि बढाइएको बताएका छन् । उक्त होटल गत चैतबाटै व्यवसायिक सञ्चालन भने बन्द थियो । साथै  सूचनामा कार्यस्थलमा संक्रामक रोगको रोकथाम तथा नियन्त्रणको समुचित व्यवस्था नभएसम्मका लागि होटल बन्द गर्नु परेको उल्लेख छ ।

साथै सूचनामा हायात रिजेन्सी काठमाडौंका सम्पूर्ण कामदार, कर्मचारी र व्यवस्थापकलाई  असार १६ गतेसम्म जगेडामा राख्ने निर्णय  भएको  र यसअवधिमा उनीहरुले आधा तलब मात्र पाउने उल्लेख छ ।

सूचनामा परिस्थितिको मूल्यांकन गर्दै आगामी दिनमा थप निर्णय लिन सकिने पनि भनिएको छ । उक्त तारे होटलमा सरकारको  समेत स्वामित्व रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया