९ महिनामा  ९ खर्ब  ८२ अर्ब आयात,  ७८ अर्ब निर्यात,  ९ खर्ब ब्यापार घाटा

५ बर्ष अगाडि

चालू आर्थिक वर्षको नौ महिनामा देशले ९ खर्ब ब्यापार घाटा ब्यहोरोको छ । 

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७६/०७७ को फागुन सम्म ३ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा बेहोरेको भन्सार विभागले जनाएको छ ।  

१० खर्ब ६१ अर्ब ३५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा  ९ खर्ब ८२ अर्बको त आयात नै भएको छ ।

तर देशले बाहिरी देशमा १ खर्बको पनि सामान निर्यात गर्न सकेको छैन । चालू आर्थिक वर्षको ९ महिनामा जम्मा ७८ अर्ब ८१ करोड रुपैयाँ बराबरको निर्यात  भएको भन्सार विभागले जनाएको छ । 

१ खर्ब ६१ अर्बको पेट्रोलियम पदार्थ आयात भएको छ भने ५९ अर्ब ३९ लाखको सावारी साधन आयात भएको छ ।

आयातित अर्थतन्त्र भएको देश नेपालमा राजस्व भन्सारमुखी छ । यसकारण आयात कम हुँदा देशले ठुलो परिणामको राजस्व गुमाउनुपर्छ ।

भन्सार विभागका अनुसार चैतसम्म २ खर्ब ४४ अर्ब  राजस्व उठेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया