काठमाडौंका चोक चोकमा कृषि सहकारी संघका घुम्ती तरकारी बजार

५ बर्ष अगाडि

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले लकडाउनको समयमा कसैको घरमा पनि तरकारीजन्य कृषि उत्पादनहरुको समस्या हुन नुहने भन्दै काठमाण्डौका चोक चोकमा घुम्ती तरकारी बजारको सुरुवात गरेको छ । 

कोरोना भाइसको संक्रमणको सम्भावित जोखिमलाई न्यूनिकरण गर्दै बजारमा देखिएको तरकारी अभाव र आकासिँदो मूल्यलाई मध्यनजर गर्दै संघको नेतृत्वमा मंगलवारदेखी काठमाण्डौका विभिन्न चोकमा घुम्ती बजारको सुरुवात गरिएको संघका अध्यक्ष खेम बहादुर पाठकले जानकारी दिए । 
 
देशका विभिन्न जिल्लाका सदस्य किसानहरुले उत्पादन गरेको कृषि जन्य सामग्री आफ्नै बारीमा कुहीएर खेर जाने अवस्था नओस भन्ने सोचका साथ आफुहरुले घुम्ती तरकारी बजारको सुरुवात गरेपनि विक्रि वितरणका लागि उपयुक्त वातावरण नभएको भन्दै उनले  सरकारलाई किसानहरुको आवज सुन्न आव्हान गरे । 
 
सरकारसमक्ष पटक पटक किसानको आफ्नै बजारका लागि आव्हान र अपिल गर्दा पनि किसानको आफ्नै बजारको व्यवस्थापन गर्न नसिकिएको भन्दै अभावको समयमा किसानको बजारको व्यवस्था गर्न माग गरे । 
 
उनले कोरोनाबाट बच्न आवश्यक पर्ने सम्पूर्ण सुरक्षाका उपायहरु अपनाउँदै आफुहरु किसानको बारीको तरकारी बजारमा पु¥याउन तयार रहेकोले सरकारले यसको वातावरण मिलाउनुपर्ने धारणा राखे । 
 
पाठकले बजारमा तरकारीको हाहाकार हुने तर किसानको खेत वारीमा तरकारी कुहिने अवस्थाको अन्त्य नभएसम्म सरकारले जतिसुकै ठूला कुरा गरेपनि किसानहरुको उन्नती प्रगति हुन नसक्ने बताए । 

अध्यक्ष पाठकले आजबाट सुरु भएको किसानको पोको मार्फत उपभोक्ताहरुलाई सस्तो, राम्रो र ताजा तरकारी विक्रिवितरण भइरहेको बताउनुभयो । बजार मूल्य भन्दा धेरै सस्तोमा आफुहरुले तरकारीजन्य उत्पादन विक्रिवितरणको व्यवस्था मिलाएको उनले बताए । 

५ बर्ष अगाडि

प्रतिक्रिया