परराष्ट्रमन्त्री ज्ञवालीले चीनसँग राखे स्वास्थ्य सामग्री किन्ने प्रस्ताव

५ बर्ष अगाडि

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ विरुद्धको अभियानका लागि औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग प्रस्ताव गरेका छन् । 

मन्त्री ज्ञवालीले चीनका विदेशमन्त्री वाङ यीलाई फोन गरेर दुई देशका सरकारबीच औषधि तथा अन्य उपकरण खरिदमा सहयोग र समन्वयका निम्ति प्रस्ताव गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले अपनाएका उपाय तथा त्यसको द्रूत परीक्षणका लागि नेपालभर औषधि र उपकरणको व्यवस्था गर्नुपर्ने भएकाले सरकार–सरकारबीच हुने जीटूजी आधारमा औषधि, उपकरण खरिदमा सहयोग र सहजीकरणको लागि मन्त्री ज्ञवालीले आग्रह गरे । 

दुवै देशका विदेश मन्त्रीले विद्यमान द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन पनि छलफल गर्नुभएको मन्त्रालयले जनाएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया