काठमाडौंमा मासु, तरकारी र खाद्यान्न भित्रने क्रम बढ्यो, ग्याँस, औषधी र दुध घट्याे

५ बर्ष अगाडि

पछिल्लो २४ घण्टामा काठमाडौंमा मासु, तरकारी र खाद्यान्न भित्रिने क्रम बढको छ । बिहिबारको तुलनामा शुक्रबार खाद्यान्न १४ ट्रक, तरकारी ४५, कुखुरा ११ र खसीबोका ११ गाडि धेरै भित्रिएको छ । 

शुक्रबार काठमाडौं छिर्ने मुख्य नाका नागढुंगाबाट १ सय ४१ गाडि खाद्यान्न भित्रिएको छ । २४ घण्टाको अवधिमा सो खाद्यान्न भित्रिएको हो । बिहीबार जम्मा १२७ ट्रक खाद्यान्न भित्रिएको थियो । 

२४ घण्टामा तरकारी बोकेका गाडिहरु १२० वटा भित्रिएका छन् । काठमाडौंमा लकडाउनपछि तरकारी भित्रने क्रम बढ्दो छ । बिहीबार जम्मा ७५ वटा गाडिमा मात्र तरकारी भित्रिएको थियो । 

अघिल्लो दिन जम्मा ३ गाडि मात्र फलफूल भित्रिएकोमा शुक्रबार फलफूल दोब्बर आएको छ । अर्थात शुक्रबार ६ गाडि फलफुल भित्रिएको तथ्यांक छ । 

त्यस्तै बिहीबारको तुलनामा शुक्रबार ११ गाडि कुखुरा र २० गाडि अण्डा धेरै भित्रिएको छ ।  शुक्रबार अण्डामात्रै ३१ गाडि र ५८ वटा गाडिमा कुकुरा भित्रिएको छ । बिहीबार अण्डा को ११ गाडि कुखुराको  ४७ गाडि मात्र भित्रिएका थिए । 
खसिबोका पनि बिहिबार बढेको छ । बिहिबार ४ गाडि खसिबोका भित्रेकोमा शुक्रबार ११ गाडि भित्रेका छन् । 

अघिल्लो दिनको तुलनमा घ्यु र तेल पनि धेरै भित्रिएको छ । बिहिबार १/१ गाडिमात्र घ्युतेल भित्रेकोमा शुक्रबार ३/३ गाडि भित्रिएको छ । 

शुक्रबार इन्धन पनि धेरै भित्रिएको छ । इन्धन बोकेका ट्याँकर ४ बाट बढेर ७ वटा पुगेका छन् । यस्तै हिँजो दाना र भुस पनि धेरै भित्रेको छ । अघिल्लो दिन क्रमशः १७ र ४ गाडि मात्र भित्रेको दाना र भुस शुक्रबार २२ र ८ गाडि भित्रेको छ । 

माछा भित्रने क्रम भने घटबढ भएको छैन । नागढुंगाको बाटो हुँदै शुक्रबार माछा १ गाडि मात्र भित्रिएको छ । अघिल्लो दिन नआएको कोइला शुक्रबार ४ गाडि आएको छ । 

शुक्रबार ग्याँस बुलेट, सिलिण्डर, औषधी, दुध, भने घटेको छ । बिहिबार ग्याँसबुलेट १८, सिलिण्डरको गाडि २५, औषधि १३, दुध २३ गाडि भित्रिएकोमा शुक्रबार ग्याँस १२ बुलेट, सिलिण्डर १५ गाडि, औषधि ८ गाडि र दुध  १९ ट्याँकर भित्रिएको छ । 

खाना पकाउने ग्याँस पर्याप्त भएकाे कारण घटेकाे नेपाल आयल निगमले जनाएको छ । त्यस्तै औषधी पनि पर्याप्त भएकाे र दुधकाे माग कम भएकाे कारण घटेकाे सरकारी निकायहरूले जनाएका छन् । 

यो सँगसै अन्य विभिन्न गाडिहरु २७ समेत गरी  २४ घण्टामा काठमाडौंमा ठूला ३०१ र साना १८७ वटा गाडि भित्रिएका छन् । त्यसैगरी ट्रक १८२, ग्याँस बुलेट १३, इन्धनका ट्याँकर ६ र कोइला १ गाडि बाहिरीएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया