ठगीमा ठूला व्यवासायी : फेरी आईकालु मिट सेन्टर ठगीमा

५ बर्ष अगाडि

देशलाई संकट परेको बेला ठूला व्यवसायीहरु धमाधम ठगी र कालोबजारी आरोपमा पक्राउ परेका छन् । केहीदिन अघि कालोबजारी आरोपमा जगदम्बा सिमेण्टका मालिक सुलभ अग्रवाल पक्राउ परेका थिए ।

आजफेरी काठमाडौंको चर्चित मासुपसल आइकालु मिट सेन्टर ठगी गरेको आरोपमा कारबाहीमा परेको छ । 

वाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण विभागले आईकालुलाई लाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । 

खसीको मासुको प्रतिकिलो ५ सय रुपैयाँ बढी लिएको फेला परेपछि मिट सेन्टरलाई जरिवाना तोकिएको हो । ‘खसी मासुको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ लिनुपर्नेमा १८ सयमा बिक्री गरेको पाइयो,’ विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले भने, ‘उपभोक्तालाई ठगी गरेको आरोपमा २ लाख जरिवाना गर्‍यौं ।’

आइकालुलाई उपभोक्ता सरक्षण ऐन २०७५को १६ ९२० (क) ३८ (९ङ)को कसुरमा ३९ (ख) बमोजिम जरिवाना गरेको उनले बताए । विभागका अनुसार आइकालुले बढी मूल्य लिएको सन्दर्भमा उजुरी परेको थियो।

सोही उजुरीको आधारमा जरिवाना गरेको हो । उजुरीमा आधा किलोको ९ सय रुपैयाँ लिएको उल्लेख छ । सोही आधारमा अनुगमन गरेको विभागले जनाएको छ ।

निर्देशक मिश्रका अनुसार आइकालु सञ्‍चालकले जिउँदोमा लागत खर्च ८ सय रुपैयाँ परेको स्पष्टिकरण दिएका थिए । ग्राहकले जति परे पनि ल्याइदिनु खान्छौं भनेपछि आधा किलोको ९ सय रुपैयाँ लिएको उनले स्पष्टीकरण दिएका थिए ।

निर्देशक मिश्रका अनुसार जिउँदो खसी किलोको करिब ७ सय रुपैयाँ हो । ‘त्यही आधारमा तयारी मासु १३ सय रुपैयाँभन्दा बढी पर्दैन,’ उनले भने ।

५ बर्ष अगाडि

प्रतिक्रिया