लकडाउनमा पनि ७३ प्रतिशत क्षमतामा औषधि उद्योग, दुग्ध उद्योग ५० प्रतिशत

५ बर्ष अगाडि

नेपालका औषधी उद्योगहरु लकडाउनको समयमा पनि ७३ प्रतिशत क्षमतामा सञ्चालन भएका छन् । 

कोरोना भाइरस संक्रमणले सिर्जना गरेको संकटको अवस्थामा पनि सरकारले औषधीको अभाव हुन नदिनका लागि औषधी उद्योग ७३ प्रतिशत क्षमतामा सञ्चालन गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बताए । 

मन्त्रालयका अनुसार यस अनुसार विभिन्न औद्योगिक कोरिडोरहरूमा रहेका खाद्यान्न उद्योग ४१ प्रतिशतको क्षमतामा सञ्चालनमा छन् भने तेलहन उद्योग ६३ प्रतिशतको क्षमतामा सञ्चालन भइरहेका छन् । 

दैनिक उपभोग्य वस्तुलाई सहज रुपमा उपलब्ध गराउन सरकारले विशेष प्रयास गरेको र त्यसको लागि खाद्यान्न र तेलहन उद्योग सकेसम्म धेरै सञ्चालन गरिएको मन्त्री भट्टले बताए । 

यो समयमा खानेपानी उद्योग ९० प्रतिशत, दुग्ध उद्योग ५० प्रतिशत, पशुपन्छीको दाना उद्योग ३३ प्रतिशत र इटा उद्योग ४८ प्रतिशत क्षमतामा चलेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया