काठमाडौं – चालु आर्थिक बर्षको फागुनसम्म रु. ५ अर्ब ४५ करोड २५ लाख १३ हजारको चाँदी आयात भएको छ । भन्सार बिभागको फागुनसम्मको तथ्यांकले यस्तो देखाएको हो ।
परिमाणका आधारमा भने समिक्षा अवधीमा ८३ हजार १६ केजी चाँदी आायात भएको छ । बिभागकाअनुसार समिक्षा अवधीमा चाँदीको आयात बढेको छ ।
यस अवधीमा मुल्य बढेका कारण सुन आयातमा भारी गिरावट आएको छ । तर, परिमाणका आधारमा चाँदीको आायात १६.८६ प्रतिशतले बढको छ । गत आवको फागुनसम्ममा ७१ हजार ३५ केजी चाँदी आयात भएको थियो ।
यस्तै, रकमका आधारमा भने चाँदी आयात ३५.५७ प्रतिशतले बढेको छ । गत आवको फागुनसम्म ४ अर्ब २ करोड १७ लाख चाँदी आायत भएको थियो । तर, अहिले ५ अर्ब ४५ करोड २५ लाखको चाँदी आयात भएको छ ।
गत बर्ष चाँदीको मुल्य सस्तो थियो । तर, अहिले चाँदीको मुल्य बढेको छ । फलस्वरुप परिमाणमा कम बृद्धिदर देखिएको छ भने रकममा बढीको बृद्धिदर देखिएको छ ।
प्रतिक्रिया