नुन, चिनी अब घरैमा, एक कल फोनको भरमा

५ बर्ष अगाडि

 लकडाउन अवधिमा नुन चिनी सकियो भने अब फोनकै भरमा घरमै आउने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्ना उपभोक्ताका लागि नुन चिनी घरघरमै पु–याइदिने भएको हो । 

कोभिड–१९बाट जोगिन पालना गर्नुपर्ने सुरक्षा उपाय अवलम्बन गर्दै साल्ट ट्रेडिङले अहिले घर–घर पुगेर नुन र चिनी बिक्री गरिरहेको छ। 

सर्वसाधारणले अति आवश्यक नुन र चिनी पनि खरिद गर्न नपाएको गुनासो आएपछि गाडीमा सामान लिएर दैलोसम्म पुर्याउने व्यवस्था गरेको कर्पोरेशनले जनाएको छ ।

कर्पोरेशनले अहिले एक परिवारलाई बढीमा ३ प्याकेट नुन र ६ किलोसम्म चिनी विक्री गर्दै आएको छ। नुन प्रतिप्याकेट २० रूपैयाँ पर्छ भने चिनी प्रतिकिलो ७३ रुपैयाँ पर्छ ।

त्यसैगरी, साल्ट ट्रेडिङले कालिमाटी, सतुंगल र जडिबुटिलगायतका क्षेत्रमा आउटलेट संचालन गरी खाद्ययान्न विक्री गर्दै आएको छ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया