सरकार र केन्द्रिय बैंकको राहत कति सकरात्मक, यस्तो भन्छ नेपाल उद्योग परिसंघ

५ बर्ष अगाडि

काठमाडौं –  नेपाल उद्योग परिसंघले नेपाल सरकार र नेपाल राष्ट्र बैंक मार्फत ल्याएको राहतन प्याकेज सकरात्मक भएको टिप्पणी गरेको छ । परिसंघले सोमबार विज्ञप्ती जारी गर्दै दुवै राहत प्याकेज स्वागत योग्य भएको बताएको हो । 

नेपालको अर्थव्यवस्थालाई जोगाई राख्न सरकारसंग निकै ठूलो अपेक्षा गरिएको समयमा राहतको घोषणा गरिएको हो । यस अवस्थमा सरकारले गरिव परिवार तथा दैनिक ज्यालादारी गर्ने वर्गलाई राहतको व्यवस्था गर्ने निर्णय स्वागतयोग्य भएको परिसघंको भनाइ छ ।

यद्यपि, सरकराले मध्य तथा दीर्घकालीन राहत समेत ल्याउनुपर्ने परिसंघको माग छ । मुकलुकको अर्थतन्त्रलाई जोगाउन सामाजिक सहित व्यवसायिक जगतलाई पुनरसिंचित तथा पुनरजागरण गर्न आवश्यक  छ । त्यसअनुसार हाल बन्द रहेका उद्योग तथा व्यवसायलाई पुनः पूर्ण क्षमतामा सुचारू गराउन र निजी क्षेत्रको मनोवललाई कम हुन नदिन सरकारले काम गर्नुपर्ने परिसंघको भनाइ छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया