अब देश बाहिरबाट मदिरा र महंगा सवारी ल्याउन प्रतिवन्ध, मरिच, सुपारी, केराउ, छोकडा आयातमा पनि रोक

५ बर्ष अगाडि

सरकारले  नेपालमा मरिच, सुपारी, केराउ, छोकडा आयातमा  रोक लगाएको छ । 

कोरोना भाइरसको संक्रमण कारण देश लक डाउन भएको अवस्थामा आयात घटाउन र देशको आर्थिक अवस्था बिग्रन नदिन सरकारले यस्तो निर्णय गरेको हो । 

मन्त्रीपरिषदको आइतबार बसेको   बैठकको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन् । 

त्यसैगरी सरकारले देश बाहिरबाट महंगा सवारी साधन आयातमा पनि रोक लगाएको छ । 

मन्त्रिपरिषद्को बैठकले ५० हजार डलरभन्दा माथिको गाडी आयातमा रोक लगाएको खतिवडाले जानकारी दिए । 

यस्तै, मन्त्रिपरिषद्कै बैठकले मदिरा आयातमा पनि रोक लगाइउने निर्णय गरेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया