नेपाल उद्योग परिसंघले सरकारलाई ७५ हजार थान मास्क प्रदान गरेको छ ।
परिसंघले शनिवार स्वास्थ्य तथा जनसंख्या मंत्रालयमा स्वाथ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उक्त मास्क सहित १०० थान व्यक्तिगत सुरक्षा कवच (पीपीइ) पनि पनि प्रदान गरेको छ ।
चीनबाट थप स्वास्थ्य उपकरण ल्याउने प्रयास पनि भइरहेको परिसंघ अध्यक्ष सतीश कुमार मोरले बताए।
साथै, नेपालमै पीपीई उत्पादनको तयारी पनि गरिरहेको उनको भनाइ छ ।
हामीले आवश्यक मेटेरियल ल्याएर अध्ययन गरिरहेका छौं, यही साताभित्र पीपीई उत्पादनको काम अघि बढ्न सक्छ, उनले भने ।
रास्ट्रिय संकटको वेला राज्यलाई सहयोग गर्नु परिसंघको दायित्व भएको उनको भनाइ छ ।
प्रतिक्रिया