बन्द भए काठमाडौं व्यापारीक मलहरु

५ बर्ष अगाडि

काठमाडौं – कोरोना भाइरसको बढ्दो प्रकोप कारण काठमाडौंका व्यापारीक मलहरु बन्द हुन भएका छन् । हालसम्म आउँदा काठमाडौं मल, सिभिल मल, पिपल्स प्लाजा बिशाल बजार लगायतका व्यापारीक मलहरु आइतबारदेखि नै बन्द भएका छन् । 
काठमाडौं व्यापार मल व्यापार संघकी अध्यक्ष सुस्मा महराले आइतबारदेखि काठमाडौं मल बन्द गरिएको बताए । यसका अलावा अन्य मलहरु पनि बन्द भएका छन् । रन्जना ट्रेड सेन्टर पनि आइतबारदेखि बन्द भएको बताइएको छ । सरकारले अत्यावश्यक बाहेका क्षेत्र बन्द गर्न भनेपछि व्यापारीक मल बन्द भएका हुन् । यद्यपि, कारोबार मिलाउन केही पसल भने खुल्ला भएका छन् । ती सोमबारदेखि बन्द हुनेछन् । 
चीनबाट सुरु भएको कोरोना भाइसरको संक्रमण अहिले विश्वका धेरै देशमा पुगिसकेको छ । ११ हजार भन्दा बढीले यसको संक्रमणका कारण ज्यान गुमाएका छन् । तर, नेपालमा अझै पनि यो भाइरसको संक्रमण देखिएको छैन । यस अवस्था सरकारले कोरोनाबाट बच्न अन्तरराष्ट्रिय उडान रद्द गरिसकेको छ । 
साथै, कोरोनाको त्रासका कारण काठमाडौंमा आवात जावत कम भइसकेको छ । यो अवस्थामा व्यवासाय पनि व्यापारीहरू पसल बन्द गर्न तयार भएका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले यस्तो निर्णय गरेको हो । यसका अलावा न्यूरोड, महावौद्धका पसलहरु पनि बन्द गरिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया