पोखरा महानगरपालिका वडा नं ३३ स्थित मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थाले बेसार उद्योग सञ्चालनमा ल्याउने उद्देश्यका साथ ५०७ किलोग्राम बेसारको बीउ वितरण गरेको छ ।
संस्थाका शेयर सदस्यलाई उत्पादनसँगै जोड्दै उनीहरूको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ बेसार उद्योग सञ्चालन गर्न लागिएको संस्थाका व्यवस्थापक कर्णकुमारी महतले जानकारी दिए । संस्थामा हाल ६७१ जना शेयर सदस्य रहेको जानकारी दिँदै उनीहलाई आयआर्जनमा जोड्नका लागि उद्यमशिलको विकास गर्ने सोच राखिएको बताए। उत्पादनका दृष्टिले पोखरा महानगरपालिका वडा नं ३३ का अधिकांश भूभागमा बेसारको राम्रो खेती हुने गरेको छ ।
हरेकको घरघरमा प्रत्येक दिन खानका परिकारमा मसलाका रुपमा अनिवार्य प्रयोग हुने बेसार महत्वपूर्ण औषधिका रुपमा समेत लिइन्छ । उत्पादन गर्न सकेमा बजारको समस्या नरहेको अवस्थालाई दृष्टिगत गरी बेसार उद्योग सञ्चालन गर्न लागिएको महतले बताए ।
प्रतिक्रिया