काठमाडौं उपत्यकामा कालोबजारी वा कृत्रिम अभामा भएको थाहा पाएमा ५ मिनेटभित्रै प्रहरी पुग्ने पुग्ने भएको छ ।
कालोबजारी वा कृत्रिम अभाव सिर्जना भएको भए तत्काल फोन गर्न उपभोक्तालाई प्रहरीले आग्रह गरेको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले कालोबजारी गर्नेदेखि सार्वजनिक यातायातमा महंगो भाडा असुल्ने जो कोहीलाई पनि नछाड्ने प्रतिबद्धता जनाए ।
त्यसका लागि नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३ र महानगरीय प्रहरी प्रमुख ९८५१२९२००४ नम्बरमा फोन गरेर सूचना दिन उनको आग्रह छ ।
‘कालोबजारी गरेर कारोबार गर्नु दुर्भाग्यको कुरा हो । यदि गरेको पाइएमा कुनै सम्झौता नगरी कानुनी दायरामा ल्याएरै छाड्छौं ’, उनले भने ‘जनताको सेवा गर्न कुनै सम्झौतमा प्रहरी डराउने छैन ।’
सामाजिक सञ्जालमा कोरोना भाइरसबारे भ्रम फैलाउनेहरुलाई कारबाही गर्ने उनको प्रतिबद्धता थियो।
सामाजिक संघ संस्थाले कोरोना भाइरसबारे जनचेतना फैलाउन सँगै सम्पूर्णको हातमा मास्क र साबुन पानीले हात धुनुपर्ने वातावरण बनाउन आवश्यक रहेको पोखरेलको भनाइ छ ।
प्रतिक्रिया