काठमाडौं – अन्तरराष्ट्रिय रूपमा नै सुनचाँदीको मुल्य बढ्दा सुनको आयातमा ह्रास आएपनि चाँदीको आयात भने बढेको छ । चालु आर्थिक बर्ष २०७६÷७७ को पहिलो ७ महिनामा सुन आयात ६३.५५ प्रतिशतले घटेको छ । तर, चाँदीको आयात भने १६.३१ प्रतिशतले बढेको छ ।
भन्सार बिभागले हालै सार्वजनिक गरेको सात महिनाको तथ्यांकले यस्तो देखाएको हो । अमेरिका र चीनको व्यापार युद्ध, इरान र अमेरिकाबीचको तनाव लगायतका कारण सुनचाँदीको मुल्य बढेको छ । फलस्वरुप सुनचाँदीको कारोबारमा मन्दी आएको छ ।
यस अवस्थामा सुनको आयात घटेपनि चाँदीको आयात भने बढेको देखिन्छ । गत आवको ७ महिनामा ५९ हजार ३३४ केजी चाँदी आयात भएको थियो । तर, चालु आवको समिक्षा अवधीमा ६९ हजार ०१७ केजी चाँदी आयात भएको छ ।
यस्तै, रकमका आधारमा चाँदीको आयात ३४.९६ प्रतिशतले बढेको छ । गत आवको ७ महिनामा रु. ३ अर्ब ३३ करोड रुपैयाँको चाँदी आयात भएको थियो । चालु आवको सातमा भने रु. ४ अर्ब ५० करोडको चाँदी आयात भएको छ ।
यस्तै, गत आवमा ४ हजार ५२७ केजी सुन आयात भएकोमा यो आवमा १ हजार ६५० केजी मात्र सुन आयात भएको छ । चालु आवमा कुल ९ अर्ब ४ करोड सुन आयात भएको छ । नेपालमा सुन आयात गर्ने अधिकारी बाणिज्य बैंकलाई मात्र छ ।
यसरी अहिले सुनको आयात घटेपछि चाँदीको आयात बढेको देखिन्छ । सुन महंगो धातु हो, तर चाँदी सस्तो धातु हो । अलिकति मुल्य बढ्दैमा चाँदीको कारोबारमा त्यति असर नहुने व्यवसायीहरु बताउछन् । यी यस्ता कारण पनि चाँदीको आयात बढेको हुन सक्न्े व्यवसायीहरु बताउछन् ।
प्रतिक्रिया