पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ।
आज साताको अन्तिम दिन शुक्रा्वार सुन १८ सयले बढेको छ ।यो सुनको मुल्यको अर्कौ नयाँ रेर्कड हो ।
बिहीवार ८० हजार ७ सयमा कारोबार भएको सुनको मुल्य आज नयाँ रेर्कड कायम गर्दै ८२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ८२ हजार २०० मा कारोबार भइरहेको छ ।
त्यस्तै, बिहीवारको तुलनामा १० रुपैयाले बढेर प्रतितोला ८ सय ९० रुपैयामा कारोबार भइरहेको छ।
फेडरल रिजर्भ बैंक अफ अमेरिकाले ब्याजदर घटाएपछि अन्तराष्ट्रिय बजारमा सुनको मुल्य पुन बढ्न थालेको हो ।
रिजर्भ बैंकले यसै साता ब्याजदर घटाएपछि पुन सुनको मुल्य आकासिएको हो ।अन्तराष्ट्रिय बजारमा सुनको मुल्य बढेपछि त्यसको प्रभाव नेपमली बजारमा पनि देखिएको हो ।
प्रतिक्रिया