राजविराजमा एक करोडको लागानिमा पहिलो बाल उद्यान बन्दै

५ बर्ष अगाडि

राजविराज नगरपालिका–१ मा रु नौ करोडको लागतमा बाल उद्यान चिल्ड्रेन पार्क निर्माण हुने भएको छ । 

सो नगरपालिका–१ का वडाध्यक्ष चन्द्रशेखर चौधरीले बिहीबार सो उद्यानको शिलान्यास गर्दै बालबालिकाको समग्र हितका लागि उद्यान बनाउन लागिएको जानकारी दिए  ।   नगरपालिका क्षेत्रमा  बाल उद्यान छैनन् ।  २६ कठा जग्गामा पर्खालसहित निर्माण हुने सो उद्यानमा बगैँचा, विभिन्न खेलकुदका सामग्री र साधन, सोलार, खानेपानी, शौचालय, आरामदायी कुर्सीलगायत विभिन्न सुविधा उपलब्ध रहने उनले जानकारी दिए । 

सो कार्यको ठेक्का पाएको रसुवारोसन जेबी कन्ट्रक्सनले काम शुरु गरिसकेको र ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीका प्रतिनिधि मनोजकुमार यादवले जानकारी दिए । सो कार्यक्रममा नगरप्रमुख शम्भुप्रसाद यादव र उपप्रमुख साधना झाले समृद्ध नगर बनाउन विभिन्न काम भइरहेको जानकारी दिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया