पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ।
सुन आज पनि २०० ले बढेको छ ।यो सुनको मुल्यको अर्काै नयाँ रेर्कड हो ।
बुधवार सुन प्रतितोला ८० हजार ५ सयमा कारोबार भएको थियो भने आज बिहिवार बढेर सुन प्रतितोला ८० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ८० हजार ४ सयमा कारोबार भइरहेको छ ।
भने चाँदीको मुल्य भने यथावत रहि प्रतितोला ८ सय ८० रुपैयामा कारोबार भइरहेको छ ।
फेडरल रिजर्भ बैंक अफ अमेरिकाले ब्याजदर घटाएपछि अन्तराष्ट्रिय बजारमा सुनको मुल्य पुन बढ्न थालेको हो ।
रिजर्भ बैंकले यसै साता ब्याजदर घटाएपछि पुन सुनको मुल्य आकासिएको हो ।
अन्तराष्ट्रिय बजारमा सुनको मुल्य बढेपछि त्यसको प्रभाव नेपमली बजारमा पनि देखिएको हो ।
प्रतिक्रिया