नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा बृद्धि भइ नयाँ रेकर्ड कायम भएको छ ।
मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार ७ सय रहेको थियो । भने आज बुधबार तोलामा ४ सयले बृद्धि भइ प्रतितोला सुन ७७ हजार १ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ७६ हजार ८ सय रहेको छ ।
त्यस्तै मंगलवारको तुलनामा १५ रुपैयाँले बृद्धि भई प्रतितोला चाँदी ९ सय ५ कायम भइ कारोवार भइरहेको पनि महासंघले जनाएको छ ।
प्रतिक्रिया