महोत्सवमा लोपोन्मुख खानाका परिकार एवं कृषि प्रदर्शनी

५ बर्ष अगाडि

पोखरा नगर रेष्टुराँ एण्ड बार एशोसिएशन सिटी रेवानद्वारा आयोजित आठौँ संस्करणको ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’मा लोपोन्मुख खानाका परिकारका साथै कृषि प्रदर्शनी गरिने भएको छ ।
    
यही फागुन २३ देखि २५ गतेसम्म पोखराको सिर्जनाचोकदेखि आलुमाइला चोकसम्मको सडकमा महोत्सव गर्न लागिएको सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

महोत्सवका मुख्य आकर्षणमा खानाका परिकार रहने जानकारी दिँदै उनले उक्त अवसरमा लोप हुन लागेका खानाका परिकार, हस्तकला आदिका स्टल एवं कृषि प्रदर्शनीसमेत गरिने बताए । महोत्सवका सहभागीले राष्ट्रिय तथा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुतिमा मनोरञ्जन लिन पाउने छन् ।
    
स्थानीय सङ्घ संस्थासँगको सहकार्यमा गर्न लागिएको महोत्सवमा जाल्पादेवी बहुउद्देश्यीय विकास समिति, सिर्जना विकास केन्द्र, जाल्पादेवी सिर्जनशील आमा समूह, जाल्पादेवी तायमचा समूह, पिसजोन एकेडेमीलगायतको साथ र सहयोग हुने आयोजकले जनाएको छ ।
    
सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेका अवस्थामा गर्न लागिएको महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा विशेष योगदान गर्ने विश्वास लिइएको तिमल्सिनाले बताए । 

५ बर्ष अगाडि

प्रतिक्रिया