कोरोनाका कारण चिनियाँ कामदार नआएपछि रसुवागढीमा समस्या, आयोजना ६ महिना पर धकेलियो

६ बर्ष अगाडि

काठमाडौं । कोरोना भाइरका कारण नेपालका विभिन्न आयोजना प्रभावित भएका छन् । चिनियाँ कामदार नयाँ वर्ष मनाउन भीन गएको र सोह िसमयमा कोरोना भाइरस फैलिएका कारण चीनले आना नागरिकलाइृ विदेश जान प्रतिबन्ध लगाएका कारण नपालका विभिन्न आयोजनामा समस्या देखिएको हो ।

यस्तै समस्यामा परेको छ  रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजना । सो आयोजनाको  टेलरेस सुरुङ निर्माणमा समस्या आएको छ । सुरुङ निर्माण क्षेत्रको भौगोलिक अवस्था कमजोर भएका कारण समस्या सिर्जना भएको जनाइएको छ । तर सुरुङमा काम गर्ने र विज्ञ कामदार भने चीनबाट आउन नसकेका कारण पनि समस्या देखिएको बताइएको छ ।

रसुवागढी आयोजनाका अनुसार ६ सय ६० मिटर टेलरेसमध्ये ७० मिटर खन्ने काम बाँकी छ । यो क्षेत्रमा भौगोलिक अवस्था कमजोर भएका कारण निर्माणमा समस्या आएको त एकातिर छँदै छ अर्कोतिर आयोजनाका काम गर्ने चिनियाँ कामदार नभएका कारण थप समस्या देखिएको हो ।

यही अवस्था आए सुरुङ निर्माणको काम सकिन करिब ६ महिना लाग्न सक्ने देखिएको छ । आयोजनाको बाँध क्षेत्र तथा सर्ज साफ्ट क्षेत्रमा सुरक्षाका कारण काम गर्न नसकिएको बताइन्छ ।

सन् २०१९ जुन २० मा आएको सुक्खा पहिरोका कारण काममा अवरोध भएकामा डिसेम्बर १८ देखि कामले निरन्तरता पाएको थियो। अहिले यो क्षेत्रमा जाने बाटो निर्माण भएको छ ।

चीनमा फैलिएको कोरोना भाइरसका कारण आयोजनामा कामदारको अभाव देखिएको छ । आयोजनामा कार्यरत दुई सयभन्दा बढी चिनियाँ कामदार चीन गएका कारण समस्या देखिएको छ ।

आयोजनामा सय जनाको हाराहारीमा कामदार छन ।  नयाँ वर्ष मनाउन घर फर्किएका चिनियाँ कामदार कोरोना भाइरसको संक्रमणका कारण काममा फर्कन नसकेको बताइन्छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको आयोजनाको ७५ प्रतिशत निर्माण सकिएको छ । १११ मेगावाट क्षमताको यो आयोजनाको २०७० माघदेखि निर्माण सुरु भएको हो । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया