ठप्प बनेको भारततर्फको पाम आयल निर्यात सुचारु

६ बर्ष अगाडि

 भारतले आफ्ना आयातकर्तालाई नेपालबाट प्रशोधित पाम आयल आयात गर्न अनुमति दिएको छ।

गत १ महीनादेखि रोकिएको भारततर्फको पाम आयल निर्यात सुचारु हुने भएको छ ।

भारतको वैदेशिक व्यापार निर्देशनालयले भारतीय आयातकर्तालाई नेपालबाट पाम आयल ल्याउन अनुमति दिएको हो । यससँगै १ महीनादेखि रोकिएको प्रशोधित पाम आयलको भारत निकासी खुलेको छ ।

भारतका आधा दर्जन व्यवसायीले आयातको अनुमति लिइसकेको वीरगञ्जको अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालिका सञ्चालक प्रभुदयाल अग्रवालले बताएका छन ।

सीमावर्ती भारतीय रक्सौल भन्सारमा प्रक्रियागत कागजात पुर्‍याउन नसकिएकाले निकासी नभएको अग्रवालले बताए । 

६ बर्ष अगाडि

प्रतिक्रिया