नेपालीले खर्च गरे २५ अर्ब लिटर इन्धन, ३ अर्ब केजी ग्याँस खपत

६ बर्ष अगाडि

नेपालमा अहिलेसम्म २५ अर्ब लिटर पेट्रोलियम पदार्थ र ३ अर्ब किलो भन्दा धेरै खाना पकाउने एलपी ग्याँस खर्च भएको छ । 

नेपाल आयल निगमको स्थापना भएपछि २०५०/०५१ देखि आधिकारीक रुपमा २५ अर्ब १७ करोड ५६ लाख ९४ हजार लिटर पेट्रोलियम पदार्थ भित्रिएर खर्च भएको हो । 
 
त्यस्तै एलपी ग्याँस ३ अर्ब ३२ करोड ४४ लाख ३४ हजार किलो खर्च भएको नेपाल आय निगमले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षसम्मको तथ्यांक हो । 

नेपालमा भित्रिएको इन्धन मध्ये सबैभन्दा धेरै डिजेल छ । यो २६ वर्षको अवधिमा डिजेल १४ अर्ब ५७ करोेड ९४ लाख ७ हजार लिटर भित्रिएको निगमको तथ्यांक छ । 

त्यस्तै मट्टीतेल ४ अर्ब २७ करोड ३९ लाख ५१ हजार लिटर र पेट्रोल ४ अर्ब ७ करोड ७९ लाख ९२ हजार लिटर खर्च भएको छ । 

यो अवधिमा हवाई इन्धन २ अर्ब २१ करोड ० लाख ९ हजार लिटर, फर्नेन्स आयल २७ करोड ६५ लाख, ३ हजार लिटर, लाइट डिजल २ करोड ६२ लाख ८२ हजार लिटर र खनिज टर्पेन्टाइन ८ लाख ६४ हजाल लिटर खर्च भएको छ । 

नेपालमा इन्धनको आयात गर्ने एकमात्र आधिकारिक निकाय नेपाल आयल निगम रहेकोले यो औपचारिक माध्यमबाट भित्रिएर खर्च भएको इन्धनको तथ्यांक हो । तर नेपालमा महंगो हुँदा तथा नाकाबन्दीको समयमा अनौपचारिक माध्यमबाट पनि इन्धन भित्रिएको छ । 

नेपालमा भित्रिएको मध्ये सबैभन्दा धेरै आर्थिक वर्ष २०७५/०७६ मा २५ अर्ब ७ करोड १७ लाख लिटर पेट्रोलियम पदार्थ र ४२ करोड ९६ लाख ८ हजार किलो ग्याँस तथा सबैभन्दा कम आर्थिक वर्ष २०५०/०५१ मा ४४ करोड ८५ लाख ६१ हजार लिटर पेट्रोलियम पदार्थ र ९३ लाख ८ हजार किलो ग्याँस भित्रिएको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया